खेलकुद

शारीरिक र मानसिक रुपमा बलियो बन्न म्याक्सवेलले लिए आईपीएलबाट विश्राम

इकागज |
बैशाख ४, २०८१ मंगलबार १०:५४ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब रोयल च्यालेन्जर्स बैँगलुरुका अल-राउन्डर ग्लेन म्याक्सवेलले आईपीएलबाट विश्राम लिएका छन् ।

सोमबार राति सम्पन्न सनराइजर्स हैदराबादविरुद्धको खेलका लागि म्याक्सवेलले आफ्नो स्थानमा अरु कसैलाई मौका दिन टिम व्यावस्थापनसँग आग्रह गरेका क्रिकइन्फोले जनाएको छ ।


क्रिकइन्फोले जनाएअनुसार म्याक्सवेलले शारीरिक र मानसिक रूपमा आफूलाई बलियो बनाउन आईपीएलबाट विश्राम लिएका हुन् ।

सोमबार रातिको खेलमा हैदराबादसँग बैँगलुरुले २५ रनको पराजय भोगेको थियो । उक्त खेलमा हैदराबादले कीर्तिमानी २ सय ८७ रन बनाएको थियो । जवाफमा बैँगलुरुले २ सय ६२ रनमात्र बनाउन सक्यो ।

जारी आईपीएलमा म्याक्सवेलले रन बनाउन संघर्ष गरिरहेका छन् । उनले ६ वटा इनिङ्समा केवल ३२ रन बनाउन सकेका थिए ।

हैदराबादविरुद्धको खेल गुमाउँदा म्याक्सवेल घाइते भएको हुन सक्ने अनुमान गरिएको थियो । तर म्याक्सवेलले भने आफूलाई मानसिक र शारीरिक रुपमा बलियो बनाउन विश्राम लिएको बताए ।


Author

थप समाचार
x