खेलकुद

एसीसी प्रिमियर कप : हङकङविरुद्ध नेपालले पहिला बलिङ गर्ने

इकागज |
बैशाख ३, २०८१ सोमबार १२:४३ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले हङकङविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

समूह 'ए' अन्तर्गत नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । नेपालले हङकङलाई पहिला ब्याटिङका लागि निम्तो दिएको छ ।


प्रतियोगिताअन्तर्गत नेपालले अघिल्ला दुवै खेलमा जित हात पार्दा हङकङले एक खेलमा जित तथा एक खेलमा हार ब्यहोरेको छ ।

खेल १८ ओभरको हुनेछ ।


Author

थप समाचार
x