खेलकुद

प्रिमियर लिगः आर्सनल र लिभरपुल पराजित हुँदा सिटीलाई फाइदा

इकागज |
बैशाख ३, २०८१ सोमबार ११:४ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनल र लिभरपुल दुवैले पराजय भोग्दा साविक विजेता म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ ।

आइतबार राति सम्पन्न खेलमा दोस्रो स्थानको आर्सनलले एस्टन भिल्लासँग २-० गोलअन्तरले पराजित हुन पुग्यो भने तेस्रो स्थानको लिभरपुलले भने क्रिस्टल प्यालेससँग १-० को पराजय भोग्यो ।


यससँगै आर्सनल र लिभरपुलले समान ३२ खेलबाट समान ७१-७१ अंक हात पारेका छन् । गोलअन्तरमा भने आर्सनल माथि छ ।

अर्कोतर्फ शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३२ खेलमा ७३ अंक छ ।

आइतबार राति आर्सनलविरुद्ध जित दिलाउन एस्टन भिल्लाका लागि लियोन बेली र ओली वाट्किन्सले एक-एक गोल गरे ।

अर्कोतर्फ लिभरपुलविरुद्ध क्रिस्टल प्यालेसका लागि इबेरेची इजेले निर्णायक गोल गरे ।


Author

थप समाचार
x