खेलकुद

बायर लेभरकुसेनले पहिलोपटक जित्यो बुन्डेसलिगाको उपाधि

इकागज |
बैशाख ३, २०८१ सोमबार १०:४५ बजे

काठमाडौँ- बायर लेभरकुसेनले पहिलोपटक जर्मन बुन्डेसलिगाको उपाधि हात पारेको छ । लेभरकुसेनले पाँच खेलअगावै बुन्डेसलिगाको उपाधि जित्न सफल भएको हो ।  

आइतबार राति वेर्डर ब्रेमेनलाई ५-० गोलअन्तरले पाखा लगाउँदै लेभरकुसेनले उपाधि चुम्न सफल भयो ।


लेभरकुसेनको जितमा फ्रोरियान विर्जले ह्याट्रिक पूरा गर्दा भिक्टर बोनिफेस र ग्रानाइट झाकाले एक-एक गोल गरे ।

लेभरकुसेनले उपाधि जितेसँगै बार्यन म्युनिखले लगातार जितेको ११ औँ बुन्डेसलिगाको उपाधि यात्रामा भने विश्राम लागेको छ ।

मुख्य प्रशिक्षक जाभी अलोन्सोले सन् २०२२ को अक्टोबरमा जिम्मेवारी सम्हाल्दा लेभरकुसेन रेलिगेसन जोनमा रहेको थियो ।

तर १८ महिनाभित्रै अलोन्सोले लेभरकुसेनलाई च्याम्पियन बनाउन सफल भएका हुन् ।


Author

थप समाचार
x