खेलकुद

आयरल्यान्ड उल्भ्सविरुद्ध नेपाल 'ए' ले पहिला बलिङ गर्ने

इकागज |
चैत १६, २०८० शुक्रबार १२:४९ बजे

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो । नेपालले आयरल्यान्ड उल्भ्सलाई भने पहिला ब्याटिङका लागि निम्तो दिएको छ ।


यी दुई टोलीबीचको दोस्रो खेल शनिबार तथा तेस्रो खेल सोमबार हुने तालिका रहेको छ ।


Author

थप समाचार
x