समाज

काठमाडौँमा तीन जना मृत फेला

इकागज |
माघ ८, २०७८ शनिबार ७:८ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन जना मृत फेला परेका छन् । 

यहाँस्थित बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


यस्तै काठमाडौँ महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौँ–१९ मा मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x