समाज

कोरला नाकामा नेपाल र चीनका प्रहरीको संयुक्त गस्ती (फोटोसहित)

इकागज |
बैशाख १३, २०८१ बिहीबार १३:३१ बजे

काठमाडौँ - नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले गस्ती गरेको छ ।

बुधबार नेपाल र मित्र राष्ट्र चीनको सिमाना कोरला स्थित २४ नं पिलरदेखि पश्चिम २३ नम्बर पिलरसम्म प्रहरीको संयुक्त टोलीले गस्ती गरेको हो ।


सीमाको करिब २ किमी क्षेत्रमा हुन सक्ने अपराधको नियन्त्रण तथा न्यूनीकरणको लागि इलाका प्रहरी कार्यालय लोमान्थाङ र चीनको लिजी प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले संयुक्त गस्ती गरेको थियो ।


Author

थप समाचार
x