समाज

गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

इकागज |
बैशाख २, २०८१ आइतबार १९:४८ बजे

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकामा आज गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर भीमदत्त–९ का ४२ वर्षीया कौशादेवी जोशीको मृत्यु भएको जानकारी दिए । घटनापछि प्रहरीले ट्र्याक्टर र चालक पारस कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


'महिलाको शव परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको छ,' प्रवक्ता जोशीले भने, 'घटनाको थप अनुसन्धान भइरहेको छ ।'
–––


Author

थप समाचार
x