समाज

१२ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ

इकागज |
फागुन २७, २०८० आइतबार १८:४५ बजे

अछाम- अछामको मंगलसेन नगरपालिका-१४ मा १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष पाठकले बताए ।


बालिकालाई लिएर आमाले प्रहरीमा जाहेरी दिएकी छन् । आरोपित बुवालाई शनिबार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको डिएसपी पाठकले बताए ।

बलात्कृत नाबालिकाको शनिबार नै स्वास्थ्य परीक्षण भइसकेको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखिएको छ ।


Author

थप समाचार
x