समाज

देउवाका ज्योतिष भन्छन्- नयाँ अर्थमन्त्री पुन आएसँगै नेप्से पछिल्लो ३ वर्ष यताकै उच्च बिन्दुमा पुग्छ

इकागज |
फागुन २४, २०८० बिहीबार ७:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- ज्योतिष पण्डित सुरेशचन्द्र रिजालले नवनियुक्त अर्थमन्त्री आएपछि सेयर बजार सकारात्मक लयमा अगाडि बढ्‌ने योग देखिएको बताएका छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन आएसँगै नेप्से पछिल्लो ३ वर्ष यताकै उच्च बिन्दुमा पुग्ने उनले बताए ।

षडाष्टक योग नवनियुक्त अर्थमन्त्री आएसँगै भङ्ग भएकाले सेयर मार्केट र अर्थमन्त्री दुवैको क्यामेस्टी (औरा-शक्ति) राम्रोसँग मिल्ने उनले उल्लेख गरेका छन् ।


'अशुभ षडाष्टक योगले थिचिएको सेयर मार्केट नवनियुक्त अर्थमन्त्री आएपछि सकारात्मक लयमा अगाडि बढ्ने योग देखियो' ज्योतिष पण्डित रिजालले भने 'षडाष्टक योग नवनियुक्त अर्थमन्त्री आएसँगै भङ्ग भएकाले सेयर मार्केट र अर्थमन्त्री दुवैको क्यामेस्टी (औरा-शक्ति) राम्रोसँग मिल्ने हुँदा नेप्से पछिल्लो ३ वर्ष यताकै उच्च बिन्दुमा पुग्ने अंकज्योतिषमा देखियो ।'

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुभकार्यमा ज्योतिष पण्डित रिजालसँगै हेराउँदै आएका छन् ।


Author

थप समाचार
x