दल

‘अहिलेको नयाँ शक्ति माओवादी’

इकागज |
पुस २, २०८० सोमबार २१:२८ बजे

मनहरी (मकवानपुर)- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको नयाँ शक्ति भनेको माओवादी भएको दाबी गरेका छन् । हेटौँडामा प्रेस सेन्टर मकवानपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले राम्रा काम गर्न खोज्दा सबैतिरबाट घेराबन्दी भएको बताए । 

यो सरकारले सुशासनका विषयमा धेरै काम गरेको बताउँदै नेता पुनले अब सरकारले गति लिनेमा विश्वास व्यक्त गरे । एमाले पनि २०५१ मा फुटेपछि पहिलो पार्टी बन्न १९ वर्ष लागेको उल्लेख गर्दै उनले माओवादी पनि त्यही लाइनमा रहेको बताए । 


पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वाभाविक रहेको बताउँदै आगामी चौमासिकमा सरकारको गति उच्च रहने तर्क गरे । सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाई असफल बनाउन घेराबन्दी भइरहेको भन्दै उनले राम्रो कामलाई सबै दलले सहयोग गर्नुपर्ने संस्कारको विकास जरुरी रहेको बताए । सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सही रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुनर्निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । 

नेता पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद् विघटन गर्नु नै पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताए । त्यसयता माओवादीमा आएको टुटफुट पनि ठूलो समस्या भएको भन्दै उनले अब माओवादी कम ब्याकको चरणमा रहेको बताए ।


Author

थप समाचार
x