समाज

सुन प्रकरण

पूर्वसभामुख महरा बयान दिन सिंहदरबारमा

इकागज |
माघ २५, २०८० बिहीबार १४:४४ बजे

फाइल तस्बिर

काठमाडौंँ- विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा बयान दिन पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा सिंहदरबार पुगेका छन् । 

सिंहदरबारस्थित सुन छानबिन समितिको कार्यालयमा बयान दिन उनी पुगेका हुन् । समितिले बोलाएपछि पुगेका उनले बयान दिएका हुन् ।


भेपमा लुकाएर तस्करी भएको ९ किलो प्रकरणमा चिनियाँ तस्करसँग सम्पर्क भएको देखिएपछि महरासँग समितिले बयान लिएको हो । 

सोही प्रकरणका महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
 


Author

थप समाचार
x