अर्थ / बाणिज्य

सुन तोलामा २७ सयले घट्यो

इकागज |
बैशाख ११, २०८१ मंगलबार १०:५६ बजे

फाइल तस्बिर

काठमाडौँ - आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार ७०० ले घटेको छ । 

छापावाल सुन आज १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ३४ हजार ८५० मा कारोबार भएको छ । 


सोमबार छापावाल सुन १ लाख ३८ हजार २०० र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५५० मा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी १ हजार ६६० मा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको १ हजार ७०५ मा कारोबार भएको थियो । 


Author

थप समाचार
x