समाज

पुस ७ देखि नारायणगढ-मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने

इकागज |
मंसिर ३०, २०८० शनिबार २२:३ बजे

फाइल तस्बिर

चितवन- आगामी पुस ७ गतेदेखि नारायणगढ-मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि पुस ७ गतेदेखि ३ हप्तासम्म बिहान ११ देखि ३ बजेसम्म सडक हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरूको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको छ ।


यसअघि गत वर्षको पुसमा पनि सो क्षेत्रमा बन्द गरेर भत्ता काट्ने काम गरिएको थियो।


Author

थप समाचार
x