पूर्वाधार

नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने

इकागज |
पुस ५, २०८० बिहीबार १५:४६ बजे

फाइल तस्बिर

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

पुस ७ गते बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) ले आज एक सूचना जारी गरेर जनाएको हो । 


नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन् भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।
 
यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ । पोखराबाट आउने यात्रीवाहक सवारी साधन बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।

उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्ष अघि निर्माण भएका हुन् भने बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो ।


Author

थप समाचार
x