समाज

मानव अधिकार प्रवर्द्धनका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यम : आयोग

इकागज |
मंसिर २३, २०८० शनिबार १८:४३ बजे

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवर्द्धन हुने गरी चलचित्र निर्माण गर्न चलचित्र निर्माताहरूलाई आग्रह गरेका छन् । मानव अधिकारको संरक्षण र प्रवर्द्धन हुने गरी जनचेतना ल्याउने गरी चलचित्र निर्माण गर्न यसका निर्माताहरूलाई उनले आग्रह गरेका हुन् ।

शनिबार काठमाडौँमा आयोजित ११ औं नेपाल मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०२३ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मगरले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार प्रवर्द्धनका लागि प्रभावकारी माध्यम भएकाले चलचित्र निर्माताहरूसँगको सहकार्यलाई जोड दिएको र त्यसलाई निरन्तरता दिने सोच अघि बढाएको तर्क समेत गरे ।


जनतालाई सबैभन्दा प्रभावकारी ढंगले मानव अधिकारको प्रवर्द्धन गर्न सिकाउने माध्यम चलचित्र क्षेत्र भएकाले यस क्षेत्रसँगको सहकार्यलाई आफूहरूले जोड दिएको उनको भनाइ थियो ।

अध्यक्ष मगरले सबै अधिकारहरू मानव अधिकार भित्र पर्ने भएकाले पनि चलचित्र निर्माताहरूले यसको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको समेत बताए ।

 


Author

थप समाचार
x