समाज

धमाधम बन्दैछ ग्वार्कोमा नेपालकै पहिलो फ्लाई ओभर (तस्बिरहरू)

अनुज बज्राचार्य |
मंसिर ६, २०८० बुधबार ११:३२ बजे

काठमाडौँ- ग्वार्को चोकमा ‘फ्लाई ओभर’को निर्माण धमाधम भइरहेको छ । नेपालको सडक सञ्जालमा बन्न लागेको यो पहिलो फ्लाई ओभर हो ।

सडक विभागले ललितपुरले अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाई ओभरको उचाइ ६ मिटर र कुल लम्बाइ ४९० मिटर हुनेछ । त्यस्तै बालकुमारीतर्फबाट २८० मिटर लामो र्‍याम र सातदोबाटोतर्फबाट १७५ मिटर लम्बाइको र्‍याम र बीचको सुपर स्ट्रक्चरको लम्बाइ ३५ मिटर लामो हुने बताइएको छ। 


२०७९ मंसिर २३ गतेदेखि सुरू भएको काम १४ महिनाभित्र सक्नुपर्ने छ । यो फ्लाई ओभरको लागत कुल १७ करोड ६८ लाख रुपैयाँ हो ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x