समाज

स्रोत नखुलेको २० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सुभाष कर्ण |
भदौ २२, २०८० शुक्रबार २१:३२ बजे

जनकपुरधाम- धनुषा प्रहरीले स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सरायमा बस्ने २० वर्षीय राजेश साह रहेका छन् ।


शुक्रबार दिउँसो करिब डेढ बजेको समयमा एक भारतीय नागरिक नेपाली रुपैयाँ पैठारी गरी आफ्नो साथमा लुकाई छिपाई ओसार पसार गरी ल्याई रहेको सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका-४ स्थित सडकमा युवकलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जनाएका छन् ।

युवकलाई चेकजाँच गर्दा उनले पिठ्युँमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान र ५ पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता गौतमले बताए । बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x