समाज

वृक्षरोपण गरी मनाइयाे धनुषामा वीपी कोइराला स्मृति दिवस

सुभाष कर्ण |
साउन ६, २०८० शनिबार २१:३९ बजे

जनकपुरधाम- नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा पूर्व सभापति विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ४१ औं स्मृति दिवस देशभरिसहित धनुषाका स्थानीय तहहरूमा पनि मनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालका र लक्ष्मिनिया गाउँपालिका लगायतका स्थानीय तहहरूले लक्ष्मीनिया गाउँपालिकास्थित सिटिइभिटी क्याम्पस प्रदेश सभा सदस्य शेष नारायण यादवको आतिथ्यमा वृक्षरोपण गरेका हुन् । 


उक्त वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष भोगिन्द्र मिश्र, प्रशासकीय अधिकृत नागेन्द्र यादव, कांग्रेस नेता डा.शत्रुधन यादव, घनश्याम यादव लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

यस्तै जननायक वीपी कोइरालाको स्मृति दिवसको अवसरमा कांग्रेसले पनि वृक्षरोपण गरेको छ । शनिबार जनकपुरधामसहित धनुषामा रुख रोप्ने अभियान अन्तर्गत धनुषाको हरेक वडास्तरमा वृक्षरोपण गरिएको छ ।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पँजियारले जनाएअनुसार धनुषाका सबै पालिका, वडा कार्य समिति, टोल समिति क्रियाशील सदस्य, भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाका सदस्यहरूको सहभागितामा रुख रोप्ने अभियान अन्तर्गत वृक्षरोपण गरिएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x