समाज

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

इकागज |
असार ११, २०८० सोमबार १४:४१ बजे

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

ढकालले आफू पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आयोगले ढकालविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ । 


आयोगका अनुसार पशुपति विकास कोषमा रहँदा ढकालले १ करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँ भ्रष्टाचार गरेका छन् ।

बिगो र जरिवाना जफत गर्ने मागदाबीसहित साेमबार आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरिएको  हो ।


Author

थप समाचार
x