सेयर

नेप्से परिसूचक झिनो अङ्कको गिरावट

इकागज |
बैशाख २, २०८१ आइतबार १७:४७ बजे

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर दुई हजार २३ दशमलव ३५ मा सीमित भएको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०१ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव २० मा पुगेको छ ।


विभिन्न कम्पनीका कुल ७७ लाख ९५ हजार ३३ कित्ता शेयर रु तीन अर्ब छ करोड ३७ लाख ७२ हजार छ सय ५२ मूल्यमा कारोबार भएको छ । कारोबार भएका मध्ये आज एक सय २७ कम्पनीको शेयर मूल्य उकालो लागेको छ । यस्तै, एक सय आठ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

नेप्सेका अनुसार सिर्जनशिल लघुवित्तको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । साथै एनआइसी एशिया लघुवित्तको शेयर मूल्य नौ दशमलव ७२, डोल्टी पावर कम्पनी नौ दशमलव ३५, राप्ती हाइड्रोपावर नौ दशमलव २३ र मिथिला लघुवित्तको शेयर मूल्य आठ दशमलव ७० प्रतिशत बढेको छ ।

आजको कारोारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साथै हिमालयन बैंकको सामूहिक लगानी कोष चार दशमलव ४१, तेह्रथुम पावर कम्पनी चार दशमलव ३८, तारागाउँ रिजेन्सी होटल तीन दशमलव ९३ र ग्लोबल आइएमई ब्यालेन्स फण्डको शेयर मूल्य  तीन दशमलव ९१ प्रतिशतले घटेको छ ।


Author

थप समाचार
x