सेयर

सेयर बजार ०.४० अंकले घट्यो

इकागज |
माघ ९, २०८० मंगलबार १६:२७ बजे

फाइल तस्बिर

काठमाडौं - नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार ०.४० अंकले घटेको सेयर बजार २०९८.२९ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँको कारोबार भएको छ ।


यसदिन १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ । 
 


 


Author

थप समाचार
x