सेयर

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार हुने

इकागज |
असोज २, २०८० मंगलबार १४:११ बजे

काठमाडौँ– सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

बुधबार सार्वजनिक बिदा परेकाले कम्पनीको आइपिओ पर्सी बिहीबारदेखि मात्र कारोबारमा आउने भएको छ । पहिलो कारोबारका लागि कम्पनीले प्रतिकित्ता न्यूनतम १५८. ४१ देखि अधिकतम ४७५. २३ रुपैयाँको रेन्ज पाएको छ । 


सन नेपाल लाइफले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई १०० अंकित दरमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आइपिओ बिक्री खुला गरेको थियो । आइपिओ बाँडफाँट भदौ १५ गते गरिएको थियो । 


Author

थप समाचार
x