सेयर

चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इकागज |
भदौ २५, २०८० सोमबार ११:२२ बजे

काठमाडौ । चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज भदौ २५ गते सोमबार अन्तिम दिन हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले साउन २८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो ।


यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १०% अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो । यसआधारमा १ सय अंकित मूल्यमा ४ लाख कित्ता सेयर स्थानीयलाई आइपीओ जारी गरेको छ । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र भोजपुर जिल्लाको स्थानीय बासिन्दालाई निष्कासन गरेको हो ।

यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।  

स्थानीयले यस आयोजनाको आयोजना स्थलमा रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । 


Author

थप समाचार
x