डिफेन्स

प्रधानसेनापति शर्मा र पाकिस्तानी राजदूत हाशमीबीच भेटवार्ता

इकागज |
असार २०, २०८० बुधबार १४:३५ बजे

फाइल फोटो

काठमाडौं -  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसेन हाशमीले भेटवार्ता गरेका छन् । 

सैनिक मुख्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा बुधबार भएको भेटवार्तामा प्रधानसेनापति शर्मा र राजदूत हाशमीबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 


‘यस किसिमको भेटले दुई देशबीच रहेको सम्बन्ध थप सुमधुर प्रभुराम शर्मा एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ 
 


Author

थप समाचार
x