सूचना-प्रवधि

मानव मस्तिष्कमा बीसीआई प्रत्यारोपण गरेपछिको बिरामीको भिडियो सार्वजनिक

इकागज |
चैत ९, २०८० शुक्रबार ९:१५ बजे

काठमाडौँ- एलन मस्कको नेतृत्वमा रहेको अमेरिकी बीएमआई (ब्रेन-मेसिन इन्टरफेस) कम्पनी न्यूरालिङ्कले मार्च २०  मा आफ्नो आधिकारिक एक्स अकाउन्ट मार्फत बीसीआई (ब्रेन-कम्प्यूटर इन्टरफेस) इम्प्लान्टेशन सर्जरीको पहिलो क्लिनिकल परीक्षण गरेको व्यक्तिसँगको अन्तवार्ता भिडियो सार्वजनिक  गरेको छ । 

बीसीआई एउटा यस्तो प्रणाली हो जसले हाम्रो मस्तिष्कका संकेतहरूलाई पढ्छ, बुझ्छ र तिनलाई कम्प्यूटर आज्ञामा परिणत गरेर आदेशअनुसार  कार्य गर्न सक्छ । यो प्रणालीको प्रयोगद्वारा पक्षघात भएका व्यक्तिहरूलाई अंगहरू चलाउन मद्दत गर्ने , मस्तिष्कको प्रतिक्रिया बुझ्ने, अपांगता भएका व्यक्तिहरूलाई कम्प्युटर र अन्य उपकरणहरू सञ्चालनमा मद्दत गर्ने गर्दछ। 


भिडियोमा अर्बाउले बीसीआई प्रत्यारोपण गरिसकेपछि आफु अहिले ह्वीलचेयरमा बसेर ल्यापटपको स्क्रिनलाई आफ्नो दिमागले नियन्त्रण गरेर अझ सजिलैसँग खेल खेल्न सक्षम भएको बताए । भिडियोमा, चेसका टुक्राहरू वास्तवमा चलिरहेको पनि देख्न पनि सकिन्छ । अर्बाउले चेसका  गोटीहरूलाई आफ्नो हातले सार्नुको  सट्टा कर्सर चलिरहेको कल्पना गरेर सार्न सिकेको बताएका छन् ।

भिडियोमा उनले चेसको अतिरिक्त अरु खेलहरूमा पनि लामो समयसम्म खेल्न सक्षम भएकोमा खुसी भएको बताएका छन् ।

अर्बागले भनेका छन् 'यो यन्त्र अझै पूर्ण  छैन । यो अनुसन्धानको अन्तिम चरण होइन र अझै धेरै काम गर्न बाँकी छ । तर यो यन्त्रले आफ्नो  जीवनमा  परिवर्तन ल्याएकोमा खुसी ब्यक्त गरेका छन् ।  भिडियो सार्वजनिक भएसँगै न्यूरालिंकको यो प्रविधिको सहयोगले सही रूपमा दिमागको संकेतहरू बुझ्न नसक्ने र अपाङ्गता भएका व्यक्तिहरूको लागि ठूलो राहत हुने विश्वास गरिएको छ।


Author

थप समाचार
x