सुदूरपश्चिम

दुर्घटनामा घाइते चौधरीको उपचारका क्रममा मृत्यु

इकागज |
कात्तिक २७, २०८० सोमबार १२:५४ बजे

सांकेतिक तस्बिर

कैलाली- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भजनी नगरपालिका–६ को नवलपुरस्थित भित्री सडकखण्डमा आइतबार राति सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही ठाउँ बस्ने चालक २२ वर्षीय तारा चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 


उपचारका क्रममा चौधरीको राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए ।


Author

थप समाचार
x