सुदूरपश्चिम

२ लाख बढीको सेक्स टोय र जेल बरामद

इकागज |
कात्तिक २१, २०८० मंगलबार ९:५२ बजे

कैलाली- प्रहरीले सोमबार राति भन्सार छलेर गरेर नेपाल भित्र्याउँदै गरेको करिब २ लाख ४० हजार रुपैयाँ बराबरको सेक्स टोय र जेल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले सोमबार राति १० बजेको समयमा धनगढी उपमहानगरपालिका- १० बनकट्टिघाटबाट प्रनानी राजेन्द्र बमको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर गरी ल्याएको ४८ पिस सेक्स टोय र २८ पिस जेल बरामद गरेको बताए । 


बरामद गरिएको सामानबारे प्रहरीले थप अनुसन्धानपछि कैलाली भन्सार कार्यालय पठाइने डिएसपी चन्दले बताए ।


Author

थप समाचार
x