सुदूरपश्चिम

‘उज्यालो धनगढी’ अभियान अन्तर्गत ‘स्मार्ट’ सडक बत्ती जडान

इकागज |
कात्तिक २, २०८० बिहीबार २१:६ बजे

कैलाली - धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत तेस्रो चरणको ‘स्मार्ट’ सडक बत्ती जडान गरेर आज (बिहीबार) बत्ती बाल्ने कामको सुरुवात गरेको छ।

बत्ती जडानपछी धनगढीको भन्साररोड देखि चौराहासम्मको सडक झिलिमिली भएको छ । 


तेस्रो चरणको बत्ती उद्घाटन धनगढी चौराहदेखि भन्सारसम्म सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्घाटान गरेका हुन ।

यसअघि उपमहानगरपालिकाले पहिलो चरण अन्तर्गत स्मार्ट स्ट्रिट लाइट धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा बत्ति बालिसकेको छ। ८ मिटर स्टील ट्युबलर पोलमा दुई सय १२ थान, १२० वाट लाइन चार सय ३२ थान जडान गरेर बत्ती बाल्ने काम भएको हो।

धनगढी उपमहानगरपालिकाको ६० तथा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय सडक बत्ती प्रबर्द्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा दुई करोड ६१ लाख ७५ हजार ४६ रुपैयाँ धनगढी र एक करोड ७ लाख ८३ हजार तीन सय ६४ रुपैयाँ प्राधिकरणको गरी धनगढीमा ६ दशमलव ६ किलोमिटरमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको थियो।

त्यस्तै १६ मिटर उचाईमा धनगढीमा १५ थान हाइ माष्ट लाइट समेत उपमहानगरको ९७ लाख ४९ हजार ६ सय ४० रुपैयाँको एकल लगानीमा जडान भएर धनगढीलाई उज्यालो बनाउने काम भएको हो। त्यस्तै स्मार्ट सडक बत्ती तथा हाइमाष्ट र मिनी माष्ट लाइट जडान उज्यालो धनगढी कार्यक्रम अन्तर्गत उपमहानगर र प्राधिकरणसँगको तेस्रो चरणको सडक बत्ती जडान गर्न २०८० असार १३ गते सम्झौता भएको थियो।
 


Author

थप समाचार
x