सुदूरपश्चिम

इजरायलमा मृत्यु भएका ७ जनाका परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाखका दरले दिने

इकागज |
असोज २२, २०८० सोमबार १३:२६ बजे

कैलाली- इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ । 

सोमबार एक बिज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुईरदुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ ।


मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको बिज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन सङ्घीय सरकारलाई अनुरोध गरेको छ । 

इजरायलमा भएको हमलामा परि आइतबार १० नेपालीको मृत्यु भएको  थियो ती मध्ये ७ जना सुदूरपश्चिमका छन् ।


Author

थप समाचार
x