सुदूरपश्चिम

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट, अध्यक्षमा तीन जना आकांक्षी

इकागज |
असोज २१, २०८० आइतबार ९:९ बजे

कैलाली- नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन हुँदैछ ।

धनगढी, कैलालीमा आजबाट सुरु हुने सुदूरपश्चिम अधिवेशनको उद्‌घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । त्यसका लागि अध्यक्ष ओली आजै धनगढी पुग्ने कार्यक्रम रहेको छ ।


सो अधिवेशनमा अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि प्यानल अनुसार आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ ।


Author

थप समाचार
x