सुदूरपश्चिम

साढे तीन किलो चरेससहित धामी समातिए

इकागज |
असोज १९, २०८० शुक्रबार १०:११ बजे

कैलाली- चरेससहित प्रहरीले बझाङका गोरे धामीलाई कैलालीबाट पक्राउ गरेको छ । 

३ किलो ५ सय ग्राम चरेससहित बझाङको बुङ्गल नगरपालिका- २ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने  ३५ वर्षीय गोरे धामी बिहीबार राति पक्राउ परेका हुन् । 


इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीबाट धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए ।

धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट चरेस फेला पारेर नियन्त्रणमा लिइएको छ । धामी र मोटरसाइकललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको डिएसपी चन्दले जानकारी दिएको छ।


Author

थप समाचार
x