सुदूरपश्चिम

धनगढीका ९ विद्यालय समायोजन

इकागज |
साउन ३२, २०८० बिहीबार १६:३३ बजे

कैलाली- धनगढी उपमहानगरपालिकाले नौ वटा विद्यालयलाई समायोजन गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि कार्यपालिका र नगर सभाको निर्णय बमोजिम भौतिक पूर्वाधार र शिक्षक अभाव तथा  न्यून विद्यार्थी भएका विद्यालयहरूलाई विद्यालय समायोजन तथा दरबन्दी मिलान नियमावली– २०८० बमोजिम समायोजन गर्ने काम भएको हो ।

उपमहानगरले यो वर्ष १४ विद्यालय समायोजन गर्ने निर्णय गरेकोमा बिहीबारसम्म ९ विद्यालय समायोजन भएका हुन् ।  


समायोजन भएका विद्यालयहरू:
१) जोकैया आ.वि. धनगढी-११को कक्षा १-३ बेला आ.वि. धनगढी-११ मा,                                                  
 २) नेपाल भूपू सैनिक आ.वि. धनगढी-१८ को कक्षा २-३ खप्तडी आ.वि. धनगढी-१८ मा,                     
३) कालिका आ.वि.धनगढी-१७ को कक्षा ४-५ न्यू कालिका आ.वि. धनगढी-१७ मा                                
४) भैरब बाबा आ.वि. धनगढी-६ को कक्षा ६-८ बासुदेवी मा.वि. धनगढी-६ मा                                                   
५) सरस्वती आ.वि. धनगढी-९ को ६-८ धनगढी नमुना प्राविधिक मा.वि. धनगढी-८ मा,                                 
६) नवदुर्गा आ.वि. धनगढी-१२ को कक्षा  ६-८ दुर्गा आ.वि. धनगढी-१२ मा                                                  
७) जनजागृति आ.वि. धनगढी-१५ को कक्षा ६-८ राष्ट्रिय मा.वि. धनगढी-१५ मा                                 
८) जनता राष्ट्रिय मा.वि. धनगढी-१३ को कक्षा ९-१० जनता राष्ट्रिय मा.वि. धनगढी-१३ कैलालीगाउँमा             
९) दिपेन्द्र चारपाते मा.वि. धनगढी-१६ को कक्षा ९-१० बेहडाबाबा मा.वि. धनगढी-१६ मा ।


Author

थप समाचार
x