कर्णाली

साबिककै निर्देशनालयबाट कामकाज गर्ने कर्णाली सरकारको निर्णय

इकागज |
फागुन ६, २०८० आइतबार २१:४८ बजे

कर्णाली- कर्णाली प्रदेश सरकारले तत्काललाई साबिककै निर्देशनालयबाट कामकाज गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न भई नयाँ संरचना कायम नहुँदासम्म साबिकबमोजिम निर्देशनालय र कार्यालयले कार्य गर्ने/गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।


प्रदेश सरकारको चालु आव २०८०/८१ को नीति तथा कार्यक्रममा संरचना सानो बनाउन निर्देशनालयहरू खारेज गर्ने उल्लेख छ । यद्यपि चालु आव २०८०/८१ मा बजेट विनियोजन भइसकेको र नयाँ संरचना कायम नभएकाले साबिककै निर्देशनालय तथा कार्यालय काम गर्ने निर्णय भएको प्रवक्ता जिसीले बताए ।  

त्यसैगरी, प्रदेश लेखा नियन्त्रण कार्यालयको कायम मुकायम प्रदेश लेखा नियन्त्रकमा लेखा अधिकृत आठौँ पदका दीपेन्द्र मगरातीलाई जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।


Author

थप समाचार
x