लुम्बिनी

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गतेदेखि सुरू

इकागज |
माघ २३, २०८० मंगलबार ६:४० बजे

फाइल तस्बिर

बुटवल- लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गतेदेखि बस्दैछ ।

लुम्बिनी प्रदेश प्रमुखले फागुन १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।


लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्‌को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेशसभाको बैठक प्रदेशसभा भवन राप्ती उपत्यका देउखुरीमा बस्ने गरी प्रदेश प्रमुख शेरचनले अधिवेशन आह्वान गरेका हुन् ।


Author

थप समाचार
x