लुम्बिनी

अर्घाखाँचीमा जिप दुर्घटना अपडेट : दुई जनाको मृत्यु

इकागज |
माघ २०, २०८० शनिबार १२:२१ बजे

अर्घाखाँची- अर्घाखाँचीको ढाकावाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जिप आज बिहान दुर्घटना भएको हो ।


दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।  

ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको जिप सडकबाट करिब १५० मिटर तल खसेको स्थानीय टेकराज भुसालले बताए । दुर्घटनामा  पणेना–१ की कपिला खनाल पोख्रेल र शर्मिक पोखरेल घाइते भएका छन् । उनीहरूको सन्धिखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

र, यो पनि


Author

थप समाचार
x