गण्डकी

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

इकागज |
चैत २१, २०८० बुधबार ११:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । 

केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका पाण्डेले चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने थियो । तर उनले विश्वासको मत पाउने अवस्था नरहेपछि राजीनामा दिएका हुन् ।



Author

थप समाचार
x