गण्डकी

उड्न लागेको बुद्ध एयरको ढोका खोलेपछि...

इकागज |
पुस ५, २०८० बिहीबार ११:२६ बजे

फाइल तस्बिर

पोखरा- काठमाडौँका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको छ । 

बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँका लागि उड्न लागेको उडान नम्बर ६५२ को बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको हो । 


विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको थियो । ढोकासँगै रहेका यात्रुले खोलेको बताइएको छ । यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई प्रहरीले सोधपुछ गरेको छ । 

सँगै यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका छन् । ढोका के कारणले खुलेको हो भन्ने चेकजाँचपछि मात्रै वास्तविक थाहा हुनेछ । 


Author

थप समाचार
x