बागमती

महेन्द्र प्रतापले मनायो वार्षिकउत्सव

इकागज |
चैत २९, २०८० बिहीबार ९:१४ बजे

काठमाडौँ- सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका- ३ धुस्कुनस्थित श्री महेन्द्र प्रताप माध्यमिक विद्यालयले स्थापना दिवस मनाएको छ । विद्यालयले आफ्‍नो ६४औँ स्थापना दिवस, अभिभावक भेला तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम मनाएको हो । 

उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत थिए । कार्यक्रममा बोल्दै बस्नेतले विद्यालयको शैक्षिक, भौतिकलगायत सर्वाङ्गिण विकासको निमित्त म स्वयं तत्पर रहेको बताएका थिए ।



Author

थप समाचार
x