बागमती

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

इकागज |
बैशाख २०, २०८१ बिहीबार १०:१८ बजे

मलेखु (धादिङ)- धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । 

गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए । घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ । 


'राति करिब ११:३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो', प्रहरी उपरीक्षक केसीले भने ।


Author

थप समाचार
x