बागमती

टेलिकमको टावरमा कुकर बम विस्फोट

इकागज |
चैत २, २०८० शुक्रबार ११:३ बजे

सिन्धुली- सिन्धुलीको सुनकोसी गाउँपालिका–१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । 

शुक्रबार बिहान भएको विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ । घटनास्थलमा पिपुल लिब्रेसन आर्मी लेखेको पर्चा भेटिए पनि  विस्फोट कसले गराएको भन्ने पुष्टि भइनसकेको प्रहरीको भनाइ छ । 



Author

थप समाचार
x