मधेश

२१ लाखसहित हुण्डी कारोबारमा संलग्न पाँच जना पक्राउ

इकागज |
फागुन २२, २०८० मंगलबार १३:२९ बजे

बारा- बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई २१ लाखसहित पक्राउ गरेको छ । 

प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो ।


प्रहरीले कलैया उपमहानगरपालिका-६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रञ्जित सर्राफले लुकाएर ल्याउँदै गरेको अवस्थामा गत शुक्रबार करिब पाँच लाखसहित पक्राउ गरेको थियो ।

प्रहरीले भारत विहार राज्य मोतिहारी जिल्ला थाना हरपुर पंचायत हरपुर ग्राम नायक बस्ने २९ वर्षीय रञ्जित सरार्फसहित कलैया उपमहानगरपालिका-४ स्थितमा मनि चेन्जर सञ्‍चालकसमेत रहेका कलैया उपमहानगरपालिका-७ बस्ने ३१ वर्षीय कलामुदिन अंसारी र अर्का मनि चेन्जरका सञ्‍चालक बारा महागढीमाई नगरपालिका-१ घर भएका ३९ वर्षीय मेराजुल हक अंसारीलाई पक्राउ गरेको थियो ।

यस्तै प्रहरीले आइतबार पुनः विशेष सूचनाको आधारमा विश्रामपुर गाउँपालिका-१ स्थित छत्वा कलयाणपुर सुलिगेटबा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआरओसार ३५०९ नम्बरको भारतीय मोटरसाइकलकम सवार भारत राज्य बिहार मोतिहारी जिल्ला ग्राम स्मयपुर बस्ने ४२ वर्षीय कृष्ण लालप्रसाद र सोही स्थानका ग्राम अरेरा बस्ने ४० वर्षीय रवि शंकर सिंहलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूबाट १६ लाख नौ हजार रूपैयाँसमेत बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरोश काफ्ले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई अनुसनधान गर्ने क्रममा उनीहरूबाट कुनै पनि बैंकको इजाजत नभएको पाइएपछि प्रहरीले हुण्डी कारोबार हुन सक्ने भन्दै अनुसनधान गर्दा सुरु गर्‍यो ।

त्यसपछि प्रहरीले गरेको अनुसनधानमा मलेसियामा रहेका नेपालीहरूले मासिक तलब त्यहाँबाट भारत हुँदै नेपाल भित्रिएको खुल्न आएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक काफ्ले जानकारी दिए । उनका अनुसार हुण्डी कारोबारबाट पक्राउ परेकाहरूले करोडौँको कारोबार भएको समेत देखिएको बताएको छ ।

पक्राउ परेकाहरूलाई बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसनधान कार्य भइ रहेको प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x