मधेश

भूकम्प प्रभावित क्षेत्रमा मधेश सरकारले ६० लाखको खाद्य सामग्री पठाउने

सुभाष कर्ण |
कात्तिक २०, २०८० सोमबार १९:५५ बजे

जनकपुरधाम- मधेश प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा राहत स्वरूप ६० लाख मूल्य बराबरको खाद्यान्न सामग्री पठाउने भएको छ ।

मधेश प्रदेशको विपद व्यवस्थापन समितिको बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा ६० लाख बराबरको खाद्यान्न सामग्री पठाउने निर्णय गरेकाे हाे ।


भूकम्प प्रभावित क्षेत्रमा राहत स्वरूप चामल, दाल, नुनलगायतका खाद्यान्न सामग्री पठाउने निर्णय गरिएको मधेश प्रदेशको गृह, संचार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिएका छन् । उनले खाद्यान्न सामग्री पठाउने निर्णय विपद व्यवस्थापन समितिबाट गरेसंगै सोका लागि अर्थ मन्त्रालयबाट रकम माग गर्ने निर्णय गरिएको बताए । 

मन्त्री समिमले विपद व्यवस्थापन समितिबाट गरिएको निर्णय मन्त्रिपरिषद बैठकबाट समेत सदर गरी चाँडै नै खाद्य सामग्री मधेश सरकारले नेपाल सरकारको गृह मन्त्रालयमार्फत भूकम्प प्रभावित क्षेत्रमा पठाउने बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x