कोशी

वैकल्पिक सरकार गठनको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुखलाई एमाले-माओवादीको निवेदन

इकागज |
चैत २६, २०८० सोमबार १६:४० बजे

विराटनगर- कोशी प्रदेशमा सरकार परिवर्तनको खेल सुरु भएको छ । माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि नेकपा एमाले र माओवादीसहितका दलले कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन्  ।

एमाले र माओवादीसहितका दलले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिएका हुन् । 


निवेदनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई वैकल्पिक सरकारको मुख्यमन्त्री बनाउन समेत आग्रह गरिएको छ ।

गत असोजन २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सांसदसहित ४७ जनाको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र तथा एमालेले समेत समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री अल्पमतमा परिसकेको दाबि गरिएको छ ।


Author

थप समाचार
x