कोशी

धान थ्रेसर लगाउँदा आगलागी, दुई विगाह खेतमा उत्पादित धान र पराल नष्ट

इकागज |
मंसिर ५, २०८० मंगलबार ९:१ बजे

मोरङ- धान थ्रेसर लगाउने क्रममा उर्लाबारी-२ सुनझोडा टोलमा आगलागी भएको छ । सोमबार राति करिब साढे १० बजे खड्गबहादुर थापाको थान थ्रेसर लगाउने क्रममा परालबाट आगलागी भएको हो ।

आगलागीबाट करिब दुई विगाह खेतमा उत्पादित धान र पराल जलेर नष्ट भएको  वडाध्यक्ष राजनकुमार कडेँलले बताए ।


उनकाअनुसार उर्लाबारी, पथरी र दमक नगरपालिकाको दमकलसहित स्थानियबासी र उर्लाबारी सशस्त्र प्रहरीको सहयोगमा करिब २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीले करिब १ लाख ६० हजार बराबरको क्षति भएको कँडेलले बताए ।


Author

थप समाचार
x