राजनीति

जनमत पार्टीका पक्राउ परेका कार्यकर्तामाथि मुद्दा चलाउने तयारी

सुभाष कर्ण |
माघ १२, २०७८ बुधबार १६:५४ बजे

जनकपुरधाम – मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचत बिथोल्ने प्रयास गरेको भन्दै पक्राउ परेका जनमत पार्टीका ७ जना कार्यकर्तामाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।

बुधवार प्रहरीले निर्वाचन बिथोल्ने प्रयास गरेको भन्दै प्रदर्शनमा उत्रेका जनमतका ७ जना कार्यकर्तालाई जनकपुरधामको विभिन्न स्थानबाट पक्राउ गरेको हो । जनमतका कार्यकर्ताहरुले बाँसको भाँटासहित मतदन स्थल नजिक र पुर्वपश्चिम राजमार्ग अन्तर्गत पिराडी चोकमा प्रदर्शन गरेका थिए । 


मतदान गर्न प्रदेशको विभिन्न जिल्लाबाट आएका ७ वटा गाडीमा जनमतका कार्यकर्ताहरूले तोडफोड र ढुंगा प्रहार गरी ३ जना जनप्रतिनिधि, एकजना चिकित्सक र चारजना प्रहरी घाइते बनाएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जनाएको छ । पक्राउ परेका सातै जनाविरुद्ध कानून अनुसार मुद्दा चलाउने तयारी भइरहेको उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x