राजनीति

इलाम-२ : नेम्वाङको पछिपछि खड्‌का, थेगिमले ४०५८ मत पाउँदा लिम्बूले पाए कति ?

इकागज |
बैशाख १७, २०८१ सोमबार ६:३० बजे

काठमाडौँ- इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् ।

हालसम्मको मतगणनामा सुहाङले ७६७७ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएका छन् । नेम्वाङ २२८२ मतले अघि रहेका छन् ।


त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ४०५८ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले ११६२ मत ल्याएका छन् । हाल मत गणना जारी छ ।


Author

थप समाचार
x