राजनीति

बाबुराम नेतृत्व नेसपाका केन्द्रीय सदस्य पाण्डे माओवादीमा प्रवेश

इकागज |
बैशाख ३, २०८१ सोमबार १०:१६ बजे

काठमाडौँ- नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै उनी पछिल्लो समय नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए । 



Author

थप समाचार
x