राजनीति

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज

इकागज |
चैत २४, २०८० शनिबार ७:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो । 


निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।

आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । 

इलाममा संघीय संसद्‌का लागि र बझाङमा प्रदेश संसद्‌ सदस्यका लागि निर्वाचन हुँदैछ । 


Author

थप समाचार
x