राजनीति

पार्टीका अन्य नेताहरू सहकारीमा जोडिनु प्रचारबाजी मात्र हो : गृहमन्त्री लामिछाने

इकागज |
चैत २०, २०८० मंगलबार १४:१९ बजे

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा उठेका प्रश्नको जवाफ संसदमै दिन पाउनुपर्ने माग गरेका छन् । 

मंगलबार संसद् बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले सहकारी लगायतका विषयमा संसदमा उठेका प्रश्नको जवाफ संसदमै जवाफ दिने अवसर पाउनुपर्ने बताएका हुन् ।


उनले सहकारी प्रकरणको संसदीय समिति बनाउन आवश्यक नरहेको बताउँदा पार्टीका अन्य नेताहरू सहकारीमा जोडिनु प्रचारबाजी मात्र भएको बताएका छन् । 

मंगलबारको बैठकमा दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा गृहमन्त्रीसँगै रास्वपाका उपसभापति समेत रहेका श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम आएको भन्दै उनीहरूमाथि छानबिन हुनुपर्ने माग गरेका थिए ।

कांग्रेसले संसदमा लगातार सहकारी प्रकरणको संसदीय छानबिनको माग गर्दै आएको छ ।


Author

थप समाचार
x